नेपाल र भारतको मित्रताको उदाहरण विश्वमा कहीँ पनि छैन : प्रधानमन्त्री मोदी

जनकपुरधाम, १९ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको मित्रताको उदाहरण विश्वमा कहीँ पनि नभएको बताएका छन् ।
भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतसँगै नेपालको शान्ति, प्रगति र विकासको यात्रामा दृढ साथी रहँदै आएको र भविष्यमा सधैँ साथ रहने बताएका हुन् ।
दुई देशबीचको सम्बन्धनको आधार भनेको दुई जनताको आपसी सम्बन्ध रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच विभिन्न विषयमा सार्थक वार्ता भएको जानकारी दिए ।
उनले दुई देशबीच सहयोगका विभिन्न विषयमा समीक्षा गर्दै भविष्यको सहकार्यको रूप रेखाबारे पनि चर्चा भएको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


