खड्कालाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भारत गएका कारण नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।
देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


