एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ ।
नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो ।
अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ ।
राप्रपाका महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


