काठमाडौं, १८ चैत । नेकपा एमालेले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव मागेको छ ।

पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव मागेको हो ।

नेकपा एमाले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो ।

एमालेले [email protected] मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ ।

प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो ।