प्रधानमन्त्री देउवाको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउँछ : मन्त्री कार्की

काठमाडौं, १८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्ता गरेका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
मन्त्री कार्कीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गरेका छन् । मुलरुपमा नेपाल र भारतको बीचमा सदियौंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रित रहने कुरा म यहाँहरूमार्फत् निवेदन गर्न चाहन्छु ।’
प्रधानमन्त्री देउवा आजै भारत प्रस्थान गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


