वीरगञ्जबाट ३० किलो अवैध गाँजा बरामद

पर्सा, १८ चैत । सशस्त्र प्रहरीले वीरगञ्जबाट ३० किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
बिहीबार राति पौने १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका २० स्थित हर्पतगंज सडक खण्डबाट प्रहरीले सो गाँजा बरामद गरेको हो ।
चेकजाँचको क्रममा नम्बर प्लेटबिनाको गाडीको डिकी भित्र दुईवटा प्लास्टिकले बेरेको पोकामा गाँजा बरामद गरेको मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआइजी) गाणेश ठाडा मगरले जानकारी दिए ।
एउटा पोकामा १६ किलो र अर्को पोकामा १४ किलो १ सयग्राम गाँजा बरामद भएको हो ।
गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


