सिरहा, १८ चैत । सिरहाका एक वडाध्यक्षको निधन भएको छ ।

जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर-११ का वडाध्यक्ष रामदेव यादवको हृदयघातका कारण निधन भएको हो ।

वडाअध्यक्ष यादवको शुक्रबार निधन भएको हो । ५२ वर्षीय यादवलाई एक महिनाभित्रै दुई पटक हृदयघात भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।

उनका अनुसार एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो । त्यस बेला उपचार गराएर घर आएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो ।

हृदयघात भएपछि उनलाई उपचारका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार निधन भएको नगरप्रमुख साहले बताए ।