औरही गाउँपालिकाकी उपाध्यक्ष यादवले छाडिन् जसपा

सिरहा, १७ चैत । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरेकी छन् ।
उपाध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
उपाध्यक्ष यादवले पार्टीमा व्यक्तिवादी हाबी भएको, आफूमाथि अन्तर्घात गरेको, राम्रो कामको मूल्याकंन नगरेको र उल्टै अपमानित गर्ने जस्ता आरोप लगाउँदै पार्टी छाडेकी हुन् ।
उनले केन्द्रीय अध्यक्ष समक्ष निवेदन दिएपनि सुनुवाइ नभएको, जिल्ला अध्यक्षलाई दिएको निर्देशन पालना नभएको र पार्टी हितविपरीत काम गर्नेलाई कारबाही नगरेको जनाएकी छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


