जनकपुरधाम, १७ चैत । धनुषामा एक वर्षमा २१९ वटा लैंगिक हिंसाका घटनाहरु घटेको एक तथ्यांकले देखाएको छ ।

बिहिवार ओरेक नेपाल धनुषाले सार्वजनिक गरेको तथ्यांक अनुसार धनुषामा सन् २०२१ मा २१९ वटा लैंगिक हिंसाका घटनाहरु दर्ता भएको हो ।

यस अवधिमा ८७ वटा घरेलु हिंसा, १४ वटा बलात्कार, ११ वटा यौन दुव्र्यवहार, ३ वटा सामूहिक बलात्कार र ३ वटा बलात्कारको प्रयासका घटनाहरु दर्ता भएको ओरेक नेपाल धनुषाकी प्रमुख रोजलिन बछारले जानकारी दिइन् ।

प्रमुख बछारले सन् २०२१ मा मानव बेचबिखनका ९ वटा, घरेलु हिंसामा २ जना पुरुष पीडित भएको घटना दर्ता भएको जानकारी दिईन् । त्यस्तै अन्य प्रकृतिका २ वटा घटना दर्ता भएको उनले बताइन् ।

गत वर्ष प्रेममा ३३ जनासँग विश्वासघात भएको ओरेक नेपालको तथ्यांकले देखाएको छ ।

ओरेक नेपालले गत वर्ष ७४ जनालाई कानूनी परामर्श दिनुका साथै ६१ जनालाई कानूनी सहयोग, ५२ जनालाई स्वास्थ्य उपचार सेवा, ६ जना प्रसुतीलाई स्याहार र ७२ जनालाई कपडा सहयोग गरेको जनाएको छ ।