पर्सा, १७ चैत । पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ ।दुर्घटनामा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए ।

दुर्घटनामा परी मोटरसाइकल चालकहरु धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षीय हसिन्द्र सहनीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुईजनाको विरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।