काठमाडौं, १७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् ।

कांग्रेसले गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको भन्दै उनले सानातिना समस्या आए त्यसलाई मिलाउने काम दलहरुकै भएको बताए ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले अरु पार्टीहरुको सहयोगमै गठबन्धन सरकार बनेको बताए ।

उनले भने,‘गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको छ । अझ एकतावद्ध रुपमा अगाडि बढाउने छौं, गठबन्धन अगाडि बढ्ने छ ।’

‘सानोतिनो अप्ठ्यारा आउलान्,उनले भने,‘त्यसलाई पनि फुकाउने राजनीतिक नेताहरुको हो, भाग्ने होइन ।’