सप्तरी, १७ चैत । म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका–२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

मण्डललाई ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको उनले बताए ।

मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।