महोत्तरीबाट स्रोत नखुलेको लाखौं रकमसहित एक युवक पक्राउ

महोत्तरी, १७ चैत । महोत्तरी प्रहरीले स्रोत नखुलेको रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका–६ भेटपुर चोकबाट स्रोत नखुलेको ७ लाख ९१ हजार नगदसहित औरही नगरपालिका–५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दासलाई पक्राउ गरिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दासलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


