सप्तरीबाट लागुऔषधसहित एक युवक पक्राउ

सप्तरी, १७ चैत । सप्तरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका–१ बस्ने माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बसपार्कबाट नेपाललाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागुऔषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेको छ ।
पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


