जनकपुरधाम, १७ चैत । जनकपुरधामस्थित बिहारकुण्ड पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–६ बस्ने ८० वर्षीय रघुवंश यादव रहेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम–८ स्थित बिहारकुण्ड पोखरीमा बिहीबार बिहान डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।उनी जनकपुरधामको बलवाटोलस्थित आफ्नो छोरीको घरमा बस्दै आएका थिए ।

डुबेपछि स्थानीयले उनलाई तत्कालै पोखरीबाट निकाले पनि उनको मृत्यु भइसकेको थियो । मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।