सर्लाहीमा कार दुर्घटनामा परी एकको मृत्यु, ५ जना घाइते

सर्लाही, १७ चैत । सर्लाहीमा कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर पुल नजिकै बिहीबार राति बिआर ०६ बिएम १५३७ नम्बरको भारतीय नम्बरप्लेटको कार दुर्घटना भएको हो ।
दुर्घटनामा परी कार चालक भारतको सितामढी जिल्ला बयलडाबड धनुषी–२ निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी–२, का २७ वर्षीय अतुल कुमार, १९ वर्षीय दिव्यान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय सौरव यादव र भारतको मुजफ्फरपुर रामनगर–१, बस्ने २५ वर्षीय अजित यादव घाइते भएका छन् ।
उनीहरु सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव वुढाथोकीले जानकारी दिए ।रातिको समयमा तीव्र गतिको कारण अनियन्त्रित भएर कार पल्टिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


