ट्याक्टरको रोटाभेटरले च्यापिएर एक बालकको मृत्यु

महोत्तरी, १७ चैत । महोत्तरीमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरले च्यापिएर एक बालकको मृत्यु भएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा रोटाभेटरले च्यापिएर स्थानीय कलाम हुसैनका ५ वर्षीय छोरा अकसर अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बुधबार साँझ ट्याक्टर चालक २५ वर्षीय रामबाबुले गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा बालक अचानक तल झर्दा रोटाभेटरले च्यापिएर उनको मृत्यु भएको प्रवक्ता विष्टले बताए ।
घटना पश्चात चालक महेश फरार भएका छन् भने उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


