सर्लाही, १७ चैत । सर्लाहीमा क्रेनको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।

विहिबार मध्यान्ह बागमती नगरपालिका–७ राजघाट नेमी चोक नजिक क्रेनको ठक्करबाट स्थानीय १७ वर्षीया सुमित्रा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साईकलबाट घरबाट नव जनजागरण माविमा अध्ययन गर्न निस्केकी सुमित्रा परियारलाई विपरित दिशाबाट आउँदै गरेको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको छ ।

यता प्रहरीले क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

ठक्कर दिने क्रेनलाई स्थानीयले आगजनी गरेका छन् ।