सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष चौधरी जसपाबाट निष्कासित

पर्सा, १७ चैत । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीलाई पार्टीबाट निष्कासन गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालको नीति र सिद्धान्तविपरीत काम गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिएको जसपा पर्सा अध्यक्ष राम नरेश यादवले बताए ।
काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेर पार्टी प्रवेश गरेको चर्चा चले पनि उपाध्यक्ष चौधरीले भ्रम फैलाइएको भन्दै विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेकी थिइन् ।
उनका श्रीमान् शिवनाथ थारु नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका अध्यक्ष छन् ।
थारु सखुवा प्रसौनीस्थित दिपनारायण आदर्श माविका प्रधानाध्यापक हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


