जनकपुरधाम, १६ चैत । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ प्रादेशिक कार्य समिति मधेस प्रदेशले जनकपुरधाममा वृक्षारोपण गरेको छ ।

जनकपुरधामस्थित विषहारा पोखरीको पश्चिमी डिलमा वर, पिपल, निम र पाखरको बिरुवा रोपिएको हो ।

कार्यक्रममा नीति तथा योजना आयोग मधेस प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य राम अशिष यादव, लोसपा नेता अनिल महासेठ, वनस्पति कार्यालय धनुषाका प्रमुख ताहिर हुसैन, वृक्षारोपण एवं स्वच्छता अभियानी सुरेश शर्मा, बैद्यनाथ चौधरी, हरिकान्त मिश्र, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु साह, जगदीश साहलगायत दर्जनौं अभियानीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, उपाध्यक्ष ज्योति झा, सदस्य कैलास दास, हदिस खुद्दार, बरुणा कर्ण सहितको सक्रियतामा सम्पन्न सो वृक्षरोपण कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अशोक रौनियार, वरिष्ठ पत्रकार बीएम खनाल, सुजित झा, पुरन गुप्ता, सुभाष कर्ण, संजय साहलगायतकाहरुको पनि सहभागिता रहेको थियो ।