काठमाडौं, १६ चैत । काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङ रहेकी छन् ।

बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका उनीहरूको ठक्करबाट घटनास्थलमै मृत्यु भएको स्थानीय विनय सिम्खडाले जानकारी दिए ।

बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ ।