जनकपुरधाम, १६ चैत । मधेस प्रदेशमा जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका हुन् ।

प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख कार्यालयमा पुगेको ‘जाँचवुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रमाणिकरण भएको हो ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणिकरण गरेका छन् ।