मन्दिरबाट चोरी भएको बहुमुल्य मुर्तीसहित एक युवक पक्राउ

सर्लाही, १५ चैत । सर्लाहीको एक मन्दिरबाट चोरी भएको बहुमुल्य मुर्तीसहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको हरिवन नगरपालिकाको सुखेपोखरीस्थित चतुर्भूजेश्वर महादेव मन्दिरबाट चोरी भएको मुर्तीसहित हरिवन–११ ब्स्ने २० वर्षीय जितेन्द्र बैठा धोवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धोवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले बरहथवा बजारबाट पक्राउ गरेको हो ।
गत आईतबार बिहान करिब २ बजे मन्दिरबाट गणेश, दुर्गा, विष्णु, सुर्य, कुमार, गंगा माताका मुर्ती सहित मन्दिरको घण्टी र पूजा आरतीका थालीहरु चोरी भएको थियो ।
पक्राउ परेका धोवीलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


