आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव

काठमाडौं, १५ चैत । नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव गरेको छ ।
निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै इन्धनको खपत घटाउन आइतबार पनि बिदा थप्न सुझाव दिएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले बिदाका कारण सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने बताए ।
निगमले निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि प्रस्ताव गरेको छ । जोरबिजोर प्रणालीका कारण पेट्रोलियमको खपत कम हुन गई निगम र देशको व्यापार घाटामा सकारात्मक प्रभाव पर्ने निगमको ठहर छ ।
त्यस्तै, निगमले पेट्रोलियमबाट प्रतिलिटर १५ रुपैयाँ कर घटाउनुपर्ने माग पनि गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


