काठमाडौं, १५ चैत । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।

सोमबार राति एकैपटक ३६ डिएसपीको सरुवा गरिएको हो ।

उनीहरूको नियमितअन्तर्गत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सरुवा भएका डिएसपीले यही महिनादेखिको तलबभत्ता सरुवा भएको दरबन्दीबाट पाउने छन् ।