काठमाडौं, १५ चैत । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ ।

बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् ।

भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।