राउतको नेतृत्वमा तमलोपाको २१ सदस्यीय वडा समिति गठन

जनकपुरधाम, १४ चैत । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । सोही क्रममा तमलोपाले जनकपुरधाममा वडा समिति गठन गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ मा नारायण राउतको नेतृत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको छ ।
नवगठित समितिको उपाध्यक्षमा सुनिता देवी राउत, सचिवमा लालबाबु साह र कोषाध्यक्षमा चन्द्रकला देवीलाई चयन गरिएको छ ।
त्यस्तै, समितिको सदस्यहरुमा जगदिश साह, शिवो देवी, संजिव साह, रामकलि देवी, बौएलाल राउत, रामभजन राउत, प्रमिला देवी, अञ्जु देवी यादव, तेजु राउत, राम नन्दन राउत, लक्ष्मी नारायण साह, विजय साह, गिता यादव, मरनी साह, मनोज चौधरी, ओमप्रकाश चौधरी र दुखि राउत रहेका छन् ।
नरेन्द्र लाल कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका धनुषा जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंह, पार्टीका नेताहरु हेमनाथ प्रसाद साह, भोलानाथ झा, श्याम सुन्दर साह, भोगेन्द्र राय, लालबाबु साहलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


