प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता एमालेमा प्रवेश

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विगतमा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक अभियानबाट विजयी भएका गुप्ता सोमबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेहरूलाई कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।
गुप्तासँगै प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
गुप्ताको एमाले प्रवेशसँगै २०७४ को निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभाका उम्मेदवार ४ जनामध्ये त्रिपाठीका समूहबाट दुई जना अलग भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


