राजिवको सराहनीय काम : बाटोमा फेला पारेको महँगो मोबाइल सम्बन्धित मोबाइल धनीलाई फिर्ता

जनकपुरधाम, १४ चैत । सुख, समृद्धि एवम् शान्तिले परिपूर्ण जीवनका लागि सच्चरित्र तथा सदाचारी बन्नु मानवको लागि पहिलो सर्त हो, जुन कुरा उत्कृष्ट विचार बिना सम्भव हुँदैन ।
हामीलाई यो दुर्लभ मानव जीवन कुनैपनि हालतमा निरर्थक र उद्देश्यहीन बन्न दिनु हुन्न । लोकमंगलको कामना हाम्रो जीवनको उद्देश्य बन्नु आवश्यक हुन्छ । मात्र व्यक्तिगत सुखका लागि हामीलाई मानव हुनुको अर्थबाट पृथक बनाउँछ । हामी मानवताको नाताले जबसम्म अरुको दुःखमा साथ दिदैनौं तबसम्म यस जीवनको सार्थकता सिद्ध हुँदैन ।
यसको पछिल्लो उदाहरण बनेका छन्, महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने राजिव झा । उनले जनकपुरधाममा हराएको मोबाइल प्रहरीको सक्रियतामा सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने राजिव झाले फेला पारेको मोडेल नम्बर वन प्लस नोट–५ मोबाइल सोमबार सम्बन्धित मोबाइल धनी जनकपुरधाम–२ बस्ने राजन महतोलाई फिर्ता गरिएको हो ।
सोमबार बिहान करिव ६ बजे स्थानीय भानुचोकस्थित सिटिजन्स बैंक नजिक राजिवले सो मोबाइल भेटाएका थिए ।
त्यसपछि उनले प्रहरीलाई सम्पर्क गरी प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरको समन्वयमा मोबाइल धनीसँग सम्पर्क गरी उनका आफन्त प्रदिप साहलाई सो मोबाइल हस्तान्तरण गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


