निर्वाचनमा एक्लै जान पनि हामी तयार छौं : प्रचण्ड

रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् ।
सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘गठबन्धनको बलमा होइन । आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’
उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।
अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै तीनै तहको निर्वाचनमा गठबन्धन हुनेसमेत बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


