काठमाडौं, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका छन् ।

उनले १९ चैतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय औपचारिक वार्ता गर्नेछन् भने उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको विदेश मन्त्रालयले जनाएको छ ।

मोदीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।