मधेशी जनताले देखेका सपनाहरु मधेस सरकारले क्रमशः पूरा गरिरहेको मुख्यमन्त्री राउतको दावी

सिरहा, १३ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सदियौंदेखि शासक वर्गबाट उपेक्षित रहँदै आएको वर्ग समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेस सरकार प्रयासरत रहेको बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपेक्षित वर्गलाई मुलधारमा ल्याउन पहिलो आवश्यकता रहेको शिक्षा र रोजगारीका लागि मधेस सरकार ठोस योजनाका साथ अघि बढेको बताएका हुन् ।
समाजको आधा हिस्सा ओगटेको महिलाहरुलाई शिक्षामा आकर्षित गर्न बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याउँदै रोजगारीका लागि मधेसमा ५० प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले महिलाका अतिरिक्त राज्यको उपेक्षाको सिकार रहँदै आएको दलित, मुस्लिम ,आदिवासी ,जनजाति लगायतका समुदायका लागि जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गर्दै राज्यको मुलधारमा सशक्त उपस्थिती गराउने प्रयत्न गरिरहेको दावीसमेत गरे ।
मधेस सरकारले सुरु गरेको अभियानको प्रभाव १०/१५ वर्षपछि देखिने बताउँदै उनले मधेस आन्दोलनको क्रममा मधेशी जनताले देखेका सपनाहरु मधेस सरकारले क्रमशः पूरा गरिरहेको उनले जिकिर गरे ।
वडाध्यक्ष लक्ष्मी नारायण महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपाका केन्द्रिय कार्यकारिणी सदस्य प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री सत्रुधन प्रसाद सिंह, प्रदेश सभा सदस्य सुनिता राम, केन्द्रिय सदस्य रोहित महतो, जिल्ला अध्यक्ष अशोक यादव सहितका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यकर्ता भेलामा वडाका ज्येष्ठ नागरिकहरुलाई मुख्यमन्त्री राउतले सम्मानसमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


