अर्थमन्त्री शर्माको राजीनामा माग

काठमाडौं, १३ चैत । आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।
उनले अर्थतन्त्र सुधारको प्रयास नगरेको आरोप लगाउँदै पार्टी सभापति शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका छन् ।
उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मागेको बजेट विनियोजन गर्न ढिलाइ गरेका कारण अर्थमन्त्री शर्मा अक्षम भइसकेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


