काठमाडौं, १३ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवास पुगेका थिए ।

वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।