काठमाडौं, १३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण आइतबार बिहान उनकै निवास खुमलटार पुगेका थिए ।

भेटमा स्थानीय तहको निर्वाचनको तयारी र समसामयिक राजनीतिबारे छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

आगामी बैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने विषयमा नेताहरुबीच छलफल भइरहेको छ ।