काठमाडौं, १३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले आफू यस पार्टीमा प्रवेश गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ ।’