अवैध मदिरा उत्पादन गर्ने तीनवटा भट्टी नष्ट

महोत्तरी, १३ चैत । महोत्तरी प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने तीनवटा भट्टी नष्ट गरेको छ ।
जिल्लाको जलेश्वर नगरपालिकामा सञ्चालित तीनवटा अवैध दारु भट्टी प्रहरीले नष्ट गरेको हो ।
जलेश्वर नगरपालिका–२ बस्ने सुनिता महतो, लालबाबु महतो र गोपाल महतोले सञ्चालन गरेको ३ वटा भट्टी प्रहरीले भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
उत्पादित मदिरा तथा कच्चा पदार्थ प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


