किराना पसलमा आगजनी, १० लाख बढीको क्षति

जनकपुरधाम, १३ चैत । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकको एक किराना पसलमा आगजनी गरिएको छ ।
शनिबार राति करिव साढे ११ बजे सन्तोष कुमार मण्डलले सञ्चालन गरेको सन्ता पान प्यालेसमा आगजनी भएको हो ।
आगलागीबाट सम्पूर्ण पसल जलेर नष्ट भएको छ । पसल भित्र रहेका किराना, कपडा लगायतको सरसमान जलेर १० लाख बढीको क्षति भएको पसल सञ्चालक मण्डलले बताए ।
प्रहरी बजारमा ड्यूटी नबस्दा कसैले आगो लगाइदिएको हुन सक्ने स्थानीयको गुनासो छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


