मुख्यमन्त्री कार्यालय घेराउ गर्ने चेतावनी

जनकपुरधाम, १२ चैत । चुरे तथा वनजंगल संरक्षण अभियानले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गर्ने चेतावनी दिएको छ ।
शनिवार अभियानले एक पत्रकार सम्मेलनको आयोजना गर्दै सोमवार मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भित्र लगाइएको निषेधाज्ञा समेत तोडने जानकारी दिएका छन् ।
अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले चुरे वन विनाश र सिरहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ति र मधेसका भूमीहिनहरुलाई भुमीप्रतिको अधिकार दिने भनेर पटक पटक गरेको प्रतिवद्धता कार्यान्वय नगरेकोले अब मुख्यमन्त्री लालबाबु राउतसँग यसको जवाफ मागिने बताए ।
उनले सोमवार हुने आन्दोलनमा मधेसका आठवटै जिल्लाका भुमीहिन सुकुम्वासीहरुको सहभागीता रहने र सो क्रममा आफुहरु मुख्यमन्त्रीको कार्यकक्षसम्म गएर मुख्यमन्त्री राउतसँग जवाफ मागिने बताउँदै यस क्रममा प्रहरीले दमन गर्न खोजे त्यसबाट हुने क्षतिको पुर्ण जिम्मेवार प्रदेश सरकार हुने समेत चेतावनी दिए ।
उनले ९ दिने आमरण अनसनको क्रममा पनि भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवको अगुवाईमा छानवीन समिति गठन गरेर एक महिना भित्र छानवीन प्रतिवेदन सार्वजनिक गर्ने सहमती जनाएपनि ६ महिना वित्दा समेत छानवीन प्रतिवेदन सार्वजनिक गर्न नसक्नु सरकारको असक्षमता रहेको बताए ।
पटक पटक शान्तिपुर्ण आन्दोलन गर्नेदेखि लिएर आमरण अनसनमा समेत बसेपनि प्रदेश सरकार आफैंले गरेको प्रतिवद्धतालाई पुरा गर्न आनकानी गर्दै आएको तथा ज्ञापनपत्र बुझाउँदा थाकिसकेको र अब फेस टु फेस टक गर्नका लागि मुख्यमन्त्री कार्यालय घेराउ गर्दै मुख्यमन्त्रीसँग जवाफ मागिने अध्यक्ष यादवले बताए ।
पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक रानी राय, प्रदेश संयोजक अमन यादव लगायत दुइदर्जन भन्दा बढि भुमीहिन सुकुम्वासीहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


