काठमाडौं, १२ चैत । नेपाल र चीनबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सिंहदरबारमा शनिवार नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डबीचको वार्तापछि ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

केरुङ–काठमाडौ रेल विस्तारसहित आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यसबाहेक खोप हस्तान्तरण र मर्मत सम्भाव र एवं स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवं घाँस निर्यातलगायत समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

वार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्वको १७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी थिए ।