सिरहाबाट ११ लाख अवैध रकमसहित एकजना पक्राउ

सिरहा, १२ चैत । प्रहरीले सिरहाबाट ११ लाख अवैध रकमसहित सहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सिरहाले ११ लाख अवैध रकमसहित भगवानपुर गाउँपालिका वडा नम्बर–४ जमुवाटोल बस्ने दिलिप कुमार साहलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा साहलाई ११ लाख २ हजार ९५० रुपैयाँसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले साहलाई भगवानपुर सीमा ईलाकाबाट पछ्याउँदै मटिअर्वामा चेकजाँच गर्दा अवैध रकम फेला परेको थियो ।
अवैध रकमसहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


