महोत्तरी, १२ चैत । महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ ।

शुक्रवार राति करिब १० बजे महोत्तरीको पिपरा गाउँपालिका–५ चाँदनी चौक नजिक मोटरसाइकल आफैं अनियन्त्रित भएर लड्दा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जनकपुरधामबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ७८७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर लड्दा मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थाका करिब ४५ वर्षीय उपेन्द्र महासेठको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मोटरसाइकलबाट लडेर घाइते भएका महासेठलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएकोमा उपचारको क्रममा राति करिब ११ बजे मृत्यु भएको थियो ।