सप्तरी, १२ चैत । जिल्ला प्रशासन कार्यालय सप्तरीले वैधानिक हातहतियार बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन आह्वान गरिएको छ ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ ।