भाथाधाम महादेव मन्दिर पर्यटकीय क्षेत्र घोषणा

जनकपुरधाम, १२ चैत । मधेस प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–१ स्थित भाथाधाम दुधेश्वर महादेव मन्दिरलाई एक कार्यक्रमका बिच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण कार्य यसै वर्षभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पर्सा राष्ट्रिय निकुञ्जसँग भाथाधामको पर्यटकीय बिकासको लागि आवश्यक सम्पूर्ण पुर्वाधार विकासको जिम्मा प्रदेश सरकारको रहेको उल्लेख गरे ।
कार्यक्रममा उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र बिकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरे ।
अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरत साह, संघिय सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा प्रदेश सदस्य दिपक यादव, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


