जनकपुरधाम, ११ चैत । जनकपुरधाम उद्योग वाणिज्य संघले अभय मुरारकाको नेतृत्वमा १३ सदस्यीय कपडा तथा रेडिमेड व्यवसाय संघ गठन गरेको छ ।

वाणिज्य संघको वस्तुगत संगठन अन्तर्गत जनकपुरधाम कपडा तथा रेडिमेड व्यवसाय संघ गठन गरेको हो ।

नवगठित कपडा तथा रेडिमेड व्यवसाय संघको उपाध्यक्षमा अनिकेत अग्रवाल, महासचिवमा गोपी कुमार साह, सचिवमा रवि कुमार गुप्ता र कोषाध्यक्षमा कृष्ण कुमार सुल्तानियालाई चयन गरिएको छ ।

त्यस्तै, सदस्यहरुमा कन्हैया कुमार रौनियार, श्रीप्रसाद यादव, सुनिल शेखर यादव, सुनिल साह, गणेश गुप्ता, संजिव रौनियार, संजय गुप्ता र मोहम्मद नहिम साफी रहेका छन् ।

संघका कार्यवाहक अध्यक्ष मनिष रमन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज साहलगायतकाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको संयोजन संघका सदस्य नरेन्द्र बिक्रम साहले गरेका थिए ।