बारा, ११ चैत । बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ ।

तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दामा जनही २०, १० र ८ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए ।

जयसवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । हाल उनी बारा निर्माण व्यवसायी संघको अध्यक्ष हुन् ।