जनकपुरधाम, ११ चैत । धनुषामा स्वतन्त्रबाट निर्वाचित एक वडाध्यक्ष जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जिल्लाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नम्बर–४ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष उदय चन्द्र झा जसपामा प्रवेश गरेका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार वडाध्यक्ष झालाई अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

जनकपुरधाममा आयोजित कार्यक्रममा नवप्रवेशी झाले उत्पीडित र उपेक्षित समुदायको हकहितको संरक्षण जनता समाजवादी पार्टीबाट मात्र हुने देखेर आफू पार्टी प्रवेश गरेको बताए ।

कार्यक्रममा जसपाका कार्यकारी सदस्य एवम् कृषिमन्त्री महेन्द्र यादव, पूर्व कृषिमन्त्री हरिनारायण यादव, जसपा नेता जितेन्द्र यादव, जिल्ला सदस्य जयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिका कमिटीका अध्यक्ष अशोक यादवसहितका नेताहको उपस्थिती रहेको थियो ।