सभापति देउवा र कोइरालाबीच भेटवार्ता

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा नेता कोइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले आफूलाई समानान्तर समूह बनाएर अघि बढ्न दबाव आएको समेत सुनाएका थिए ।
जवाफमा सभापति देउवाले मिलेर अघि बढ्ने बताएको कोइरालका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
कांग्रेस सभापति देउवाले हालै मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।
त्यसमा असन्तुष्ट शेखर समूहका नेताहरुले भने सभापतिले एकलौटी गर्दै गए भ्रातृ संगठनहरुमा समानान्तर समिति बनाउनुपर्नेमा जोड थिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


