भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

रौतहट, १० चैत । रौतहटमा प्रहरीले भाउजुको हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका–२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतो रहेका छन् ।
४० वर्षीया भाउजु रमकुर्मी देवीको हत्या गरेको आरोपमा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


