पौडेलेले बोलाए आफू पक्षीय जिल्ला सभापतिको भेला

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले आफू पक्षीय जिल्ला सभापतिको भेला बोलाएका छन् ।
भेला शुक्रबार बिहान ९ बजे काठमाडौंमा बस्ने बताइएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेता पौडेलले जिल्ला सभापतिसँग छलफल गर्न लागेका हुन् ।
उनले नेपाली कांग्रेसको १४ महाधिवेशनयता जिल्ला सभापतिसँग छलफल गरेका थिएनन् ।
अहिले कांग्रेसका नेताहरू स्थानीय तह निर्वाचन केन्द्रित एकमहिने अभियान लिएर गाउँगाउँ पुगेका छन् ।
त्यस्तै, भोलि नै कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक डाकेको छ ।
बैठकमा चुनावी तालमेललगायतका विषयमा छलफल हुन बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


